site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोहितको अर्धशतकमा पीएनजीलाई २३४ रनको लक्ष्य
Siddhartha BankSiddhartha Bank

ओमान (मस्कट) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनि (पीएनजी)सँग दोस्रो एकदिवसीयमा क्रिकेटमा २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल इमिरेट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २३३ रन बनायो । 

नेपालका लागि रोहित कुमार पौड्यलले ८६ रनको अर्धशतकीय पारी खेले । १२३ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ज्ञानेन्द्र मल्ल ४५ रन बनाए । ७० बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपलका लागि करण केसीले ४२ रन बनाए । उनले २६ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे । विनोद भण्डारीले नेपालका लागि १७ रन बनाउँदा सोमपाल कामीले ११ रन बनाए । 

बलिङतर्फ पीएनजीका लागि छाड सोपरले सर्वाधिक ३ विकेट लिए । त्यस्तै  काबुआ मोरेआ र नोरमान भानुवाले समान दुई–दुई विकेट लिए । पीएनजीका कार्लेस आमिनाले एक विकेट हात पारे । 

Global Ime bank

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत हुने त्रिदेशीय शृंखलाअघि नेपाली टोलीले पीएनजीसँग खेलेकाे हो । पहिलो एकदिवसीयमा कठिन जित निकलोको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । 

बुधबार भएको पहिलो एकदिवसीयमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । १३५ रनको समान्य लक्ष्य पाएको नेपालले उक्त लक्ष्य भेटाउन ८ विकेट गुमाएर ३८ ओभर ३ बलमा लक्ष्य पूरा गर्‍याे । 

नेपालले पहिलो पटक डे नाइट एकदिवसीय क्रिकेट खेलिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement