खेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको अल इमिरेट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालका आसिफ शेख तेस्रो ओभरको पहिलो बलमा आउट भएका हुन् । उनलाई अबुवा मोरेवाले क्याच आउट गराएका हुन् । आसिफले जम्मा ३ रन बनाए ।
नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । पहिलो एकदिवसीयमा खेलेका शरद भेषवाकर, आरिफ शेख र पवन सरार्फ आउट हुँदा विनोद भण्डारी, करन केसी र सुसन भारीले टिममा स्थान बनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८ १६:३५
प्रतिक्रिया दिनुहोस्