site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआरटी झापा कपको फाइनलमा

विराटनगर । न्युरोड टिम (एनआरटी) झापा कपको फाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोडमा जारी प्रतियोगिताअन्तर्गत शनिबार इटहरीको राष्ट्रिय जागृति क्लबलाई ‘टाइब्रेकर’मा ३–० ले हराउँदै एनआरटीले फाइनलमा स्थान सुरक्षित गरेको हो । एनआरटीले अब फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ ।

खेलको निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएको थियो । त्यसपछि टाइब्रेकरमा एनआरटी सफल भयो ।

पेनाल्टी सुटआउटमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गरे । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए । विदेशी खेलाडी एलेक्सको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

घम्साघम्सीपूर्ण खेलमा रेफ्री प्रज्ज्वल महर्जनले आठवटा पहेँलो कार्ड देखाएका थिए । जागृतिका चार र एनआरटीका चार खेलाडीले पहेँलो कार्ड पाएका हुन् ।

खेलको ‘प्लेयर अफ दी म्याच’ एनआरटीका गोलरक्षक सुनार घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता थियो । विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro