site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिमका सैब जैब बने एनपीएलको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । सुदूरपश्चिम रोयल्सका सैब जैब नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्‍याउन अलराउन्ड प्रदर्शन गरेका जैबले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाए । उनले ब्याटिङतर्फ नौ खेलमा दुई अर्धशतकसहित २७५ रन बनाए । बलिङतर्फ १२ विकेट लिएका थिए ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमविरुद्ध पाँच विकेटको जित निकाल्दै जनकपुर बोल्ट्स एनपीएल च्याम्पियन बनेको थियो । खेलमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमकै कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी चुनिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro