खेल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।
“आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ । एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद !!,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपीएलको उपाधि जितेको हो । रासस
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ १९:३७
प्रतिक्रिया दिनुहोस्