site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोसपामा कहाँबाट कति जनप्रतिनिधि आए ?
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । २ नम्बर प्रदेशका १६ सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा खुलेका छन् । जनता समाजवादी पार्टीबाट विभाजन भएर बनेको दल लोसपामा प्रदेश २ का पूर्वमन्त्री जितेन्द्र सोनलसहित १६ जना सांसद खुलेका हुन् ।

लोसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाकाअनुसार १६ जनामा सांसदहरूमा उपेन्द्र महतो, परमेश्वर शाह, जयनुल रायन, रानी शर्मा लगायत रहेका छन् ।

निर्वाचन आयोगले मंगबार बेलुकी ५ बजेसम्मका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई दल रोज्ने समय दिएको थियो । 

Agni Group
NIC Asia

लोसपा केन्द्रीय कार्यकारिणी सदस्य झाकाअनुसार सुदूपश्चिम प्रदेशमा १ जना सांसद लोसपामा लागेका छन् । सांसद कृष्णबहादुर चौधरीले लोसपमा सनाखत गरेका हुन् । 

लुम्बिनी प्रदेशबाट तीन जना सांसदहरू लोसपामा लागेका छन् । जसपाले कारबाही गरेका सांसदहरू सन्तोष पाण्डे, विजय बहादुर यादव र कल्पना पाण्डे लोसपामा खुलेका हुन् । 

Global Ime bank

“सर्वोच्चमा सांसद पद पुनर्वहालीका लागि मुद्दा छ । सर्वोच्चले पुनर्वहाली गर्‍यो भने उहाँहरू हाम्रो पार्टीमा आउनुहुन्छ,” झा ले भने, “निर्वाचन आयोगले पनि सांसद पद पुनर्वहाली भयो भने तत्काल लोसपामा खुल्नेगरी सनाखत गराएको छ ।”

स्थानीय तहतर्फ सप्तरीका ९६ जना जनप्रतिनिधि लोसपामा खुलेका छन् । यस्तै, सिरहाका १२, धनुषाका १०९ र महोत्तरीका २५८ जनप्रतिनिधले निर्वाचन आयोग पुगेर लोसपामा सनाखत गरेका छन् । यसैगरी, सर्लाहीका १३७, रौतहटका ८, बाराका १०३ जनप्रतिनिधिले पनि लोसपाको पक्षमा सनाखत गरेका छन् । यस्तै, पर्साका २, रूपन्देहीका २० र कपिलवस्तुका १ जना जनप्रतिनिधिले लोसपा रोजेका छन् । 

“रौतहट गौर नगरपालिका मेयर अजय गुप्ता, जलेश्वर नगरपालिका मेयर शंकर शाही लगायतका प्रभावशाली नेताहरू लोपामा सनाखत गर्नुभएको छ,” झाले भने । 

लोसपाको पक्षमा रेशम चौधरीसहित १५ जना सांसदहरूले निर्वाचन आयोगमा पुगेर यसअघि नै सनाखत गरिसकेका छन् । यस्तै, जसपा बन्दाका ५१ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जनाले लोसपामा रहेको निर्वाचन आयोगलाइ सनाखतसहित जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय