site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले भारतलाई बराबरीमा रोक्यो
तस्बिर : हरिशजंग क्षेत्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरी खेलेको छ । नेपालले पहिलो हाफमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो । 

नेपालले ३६औँ मिनेटमा अञ्जन विष्टको गोलबाट अग्रता लिएको थियो । अञ्जनले भारतका रक्षकले गरेको गल्तीमा गोल हानेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतका रक्षक चिङलेनसाना सिंहले गोलकिपर गुरप्रित सिंहलाई ब्याकपास दिएका थिए । तर गुरप्रितले राम्रोसँग नियन्त्रणमा लिन नपाउँदै अञ्जनले खोसेर खाली पोष्टमा गोल हानेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा अञ्जनको यो पाँचौँ गोल हो । यसअघि उनले चाइनिज ताइपेई र कुवेतविरुद्ध गोल गरेका थिए ।

भारतका वैकल्पिक खेलाडी अनिरुद्ध थापाले ६०औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । भारका कप्तान सुनिल क्षेत्रीले १८ यार्डबाट हानेको प्रहार गोलकिपर किरण चेमजोङले बचाएका थिए । तर राम्रो नियन्त्रणमा लिन नसक्दा भारतका वैकल्पिक खेलाडी अनिरुद्धले गोल गरेका हुन् । अनिरुद्ध दोस्रो हाफको सुरुमै मैदान छिरेका थिए । 

Global Ime bank

दोस्रो हाफको सुरुमै भारतले दुई खेलाडी परिवर्तन गरेको थियो । ब्रान्डन फर्नान्डेजको स्थानमा अनिरुद्ध थापा र ग्लान मार्टिन्सको स्थानमा रहिम अली मैदान छिरेका थिए । रहिमको यो डेब्यू खेल हो । त्यसपछि भारतले नेपालमाथि दबाब बढाएको थियो । 

५३औँ मिनेटमा मनबीर सिंहको क्रसमा भारतका कप्तान सुनिल क्षेत्रीले ६ यार्डबक्सबाट हानेको हेडिङ प्रहार थोरैले बाहिरिएको थियो ।

५०औँ मिनेटमा किरण चेमजोङ डी एरियाबाहिर गएर बल समातेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पहेँलो कार्डको दर्शन देखाएका थिए । भारतीय खेलाडीले किरणलाई रातो कार्डको देखाउनका लागि अपिल गरेपनि प्रकाशनाथले अस्वीकार गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC