site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनलाइन गेम खेल्न पाउने समय मात्र एक घण्टा !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चीनले १८ वर्षभन्दा मुनिका बालबालिकाले अनलाइन गेम खेल्न पाउने समय कटौती गरेको छ ।

त्यहाँको भिडियो गेम नियामकले बालबालिकाले शुक्रबार, सप्ताहन्त र बिदाहरूमा एक घण्टा मात्र अनलाइन गेम खेल्न पाउने जनाएको छ । यसअघि पनि दिनको जम्मा ९० मिनेट मात्र र बिदाको समयमा तीन घण्टासम्म अनलाइन गेम खेल्न अनुमति दिइएको थियो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार बालकालिकाहरूले रातिको ८ देखि ९ बजेसम्म मात्र अनलाइन गेम खेल्न सक्नेछन् । निर्धारित समयभन्दा बाहेकका समयमा बालबालिकालाई अनलाइन गेम खेल्नबाट रोक्न गेमिङ कम्पनीहरूलाई निर्देशन दिइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो महिनाको सुरुतिर एउटा सरकारी सञ्चारमाध्यमले अनलाइन गेमहरूलाई ‘स्पिरिचुअल अफिम’ भनी आक्षेप लगाएको थियो । यो नियम कार्यान्वयन भए/नभएको जाँच गर्न अनलाइन गेमिङ कम्पनीहरूको निरीक्षण गर्ने नियामकले जनाएको छ ।

एक महिनाअघि चीनको राज्य सञ्चालित एक पत्रिकाले धेरै किशोरहरू अनलाइन गेमको लतमा फसेको र यसले उनीहरूमा नकारात्मक असर पारेको उल्लेख गरेको थियो । सो लेखले चीनका ठूला अनलाइन गेम फर्महरूको मूल्यमा उल्लेख्य कमी आएको थियो ।

Royal Enfield Island Ad

गएको जुलाईमा चिनियाँ गेमिङ कम्पनी टेन्सेन्टले बालबालिकालाई रातिको १० देखि बिहान ८ बजेको बीचमा अनलाइन गेम खेल्न रोक्न पहिचान गर्न फेसियल रिकग्निसन सुरु गर्ने घोषणा गरेको थियो । चीनको अलिबाबा, डीडी, टेन्सेन्टलगायत प्रविधिका विशाल कम्पनीहरू ओरालो लागिरहेका बेला यो कदम चालिएको हो ।

बालबालिकाले वयस्क आईडी बनाएर यो नियमलाई छल्न सक्ने आशंकाका बीच यो कदम चालिएको छ । यसबाट अनलाइन खेल खेल्ने दशौँ लाख बालबालिकाहरू असन्तुष्ट हुन सक्नेछन् ।

चिनियाँ अधिकारीहरू बालबालिकामा भएको गेमिङ एडिक्सन (खेलको लत)का बारेमा लामो समयदेखि चिन्तित छन् । चिनियाँ सरकारले यो नियमले युवामा ‘सकारात्मक ऊर्जा’ सिर्जना गर्ने र उनीहरूलाई बेइजिङको ‘सही मूल्यहरू’को बारेमा शिक्षित गर्ने आशा राखेको छ ।

धेरै चिनियाँ अभिभावकले यस प्रतिबन्धको प्रशंसा गर्न सक्नेछन् । जबकि, सामाजिक सञ्जालमा सरकारको यो कदमलाई ‘अव्यावहारिक’ र ‘स्वेच्छाचारी’ भन्दै आलोचना गरिएको छ ।

“म कहिले ट्वाइलेट जाने, खाना खाने र सुत्ने भनी किन योजना बनाउँदैनौ ?,” एकजनाले व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro