site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काबुल विमानस्थलमा अर्को आक्रमणको चेतावनी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने सम्भावना उच्च रहेको बताएका छन् । यस बारेमा सैनिक कमाण्डरहरूले आफूलाई बताएको उनले बताए । उद्धार कार्य सुरु भएयता अबको केही दिन निकै जोखिमपूर्ण रहेको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बताएका छन् । अगस्ट ३१ मा उद्धारकार्यको समयसीमा सकिँदै छ ।
 
बिहीबार भएको आत्मघाती आक्रमणका बाबजुद अमेरिकाले उद्धार कार्य जारी राखेको छ । युके, इटलीलगायत अन्य देशले भने काबुल छोडिसकेका छन् । बिहीबार भएको आत्मघाती आक्रमणमा झण्डै १७० जनाले ज्यान गुमाएका थिए । आईएस–के ले आक्रमणको जिम्मेवारी लिएको थियो ।
 
बदलामा अमेरिकाले शुक्रबार अबेर अफगानिस्तानको नान्गहार प्रान्तमा ड्रोन आक्रमण गरी आईएस–के का दुई उच्च पदस्थ सदस्यहरूलाई मारिदिएको थियो । उनीहरूलाई बिहीबार भएको आक्रमणको योजनाकारका रूपमा लिइएको छ । आत्मघाती आक्रमणमा संलग्नलाई खोजेरै छोड्ने भन्दै राष्ट्रपति बाइडनले त्यो नै अन्तिम आक्रमण नभएको बताएका छन् । तर, अमेरिकाले आफूहरूसँग परामर्श नगरेको भन्दै तालिबानले भने अमेरिकी आक्रमणको निन्दा गरेको छ ।
 
आईएस–के अफगानिस्तानको जिहादिस्ट समूहहरूमध्ये चरम अतिवादी र हिंसात्मक समूह हो, जसको देशका अधिकांश भूभाग नियन्त्रणमा लिएको तालिबानसँग प्रमुख भिन्नता रहेको छ । उसले तालिबानले युद्ध मैदान छोडर अमेरिकीसँग शान्ति वार्ताको पक्षमा गएको आरोप लगाएको छ । 

तालिबानले सत्ता कब्जा गरेपछिका दुई हप्तामा अफगान र विदेशी नागरिकसहित १ लाख १० हजारभन्दा बढी मानिसलाई अफगानिस्तानबाट उद्धार गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro