site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
काबुलको उद्धार उडान र विमान चालकको अनुभव  
फाइल तस्बिर ।
SkywellSkywell

पेरिस । काबुल र वरपरको वातावरण भयानक देखिन्छ । जमिनको अवस्था अस्तव्यस्त छ । तर, विमानचालकका लागि सही समय र यसको सही व्यवस्थापन आवश्यक हुन्छ । यात्रुहरू थकित र तनावग्रस्त हुन्छन् ।

तालिबान नियन्त्रित काबुलबाट विदेशी नागरिक र अफगानहरूलाई उद्धार गर्ने विमानको रेखदेख गर्ने पाइलटका लागि अफगानिस्तानको राजधानी भित्र र बाहिरको उडान अन्य सामान्य यात्रा भएको छैन ।

विमानचालकहरूले उच्च भूभागमा पहाडहरूले घेरिएको विमानस्थलको जटिलता उचाइबाट नै पहिलेदेखि सामना गरिरहनुपरेको छ ।

Dabur Nepal
NIC Asia

सैन्य विमान र उद्धार उडानको प्रमुख यात्रा केन्द्र भएका कारण आकाशमा हवाई ट्राफिक हुने हुँदा दुर्घटनालाई जोगाउनु चालकहरूका लागि सहज छैन । पश्चिमी राष्ट्रहरूले सर्वसाधारणको सुरक्षाका लागि दोस्रो विश्वयुद्धपछि सबैभन्दा जटिल उद्धार कार्यलाई बन्द गर्न थालिसकेको बताउने विमानचालकहरूले एएफपीसँग अवतरणका अनुभवहरू बाँडे । उनीहरूले गन्जागोल अवस्थाबीच नै उनीहरू काबुल विमानस्थलबाट उडेको अनुभव उनीहरूले बताए ।

फ्रान्सेली ए–४००–एम सैन्य परिवहन विमानका कप्तान कमान्डर स्टेफनका अनुसार विमानस्थलमा पाँच हजार ८०० अमेरिकी सैन्य अधिकारीहरू तैनाथ भएका छन् । अमेरिकी सेनाले सबै हवाई आकाशको ट्राफिक नियन्त्रण, विमानस्थल नियन्त्रण, टावर नियन्त्रण, उडान तथा अवतरण तालिकालाई सञ्चालन गरिरहेका हुन्छन् ।

एएफपीसँग अल–धाफ्रास्थित फ्रेन्च आधार शिविर १०४ (फ्रान्सले प्रयोग गरेको ट्रान्जिट विन्दु)मा आफ्नो थर नबताउने सर्तमा उनले भने, “यो विमानजस्तै हामीलाई हाम्रो प्रणालीले पनि धेरै सहयोग गरेको हुन्छ । हाम्रो अवतरणलाई दृष्यको सहयोगमा अन्त्य गर्छौँ ।”

“प्रणालीले हामीलाई धेरै मद्दत गर्ने हुनाले हामीलाई बाहिर ध्यानकेन्द्रित गर्न र खतराको निगरानी गर्न सहयोग पुग्छ,” उनले थपे ।

“सम्भाव्य क्षेप्यास्त्र आक्रमणबाट ए–४००–एमले प्रक्षेपणलाई छक्याउन तीव्र ताप उत्पन्न गर्ने अवरक्त संकेतहरू खसाल्न सक्छ । धावनमार्गनजिकै पुग्दा विमान ‘हाम्रो दृष्टिमा आएका दौडानका खतराबाट बच्न’ जमिनतिर तीव्र गतिमा अघि बढ्छ ।”

आउने र जाने विमानको एयर ट्राफिकलाई ‘पानाको सुत्रबद्ध संगीतजस्तै व्यवस्थित गरिएको स्टेफनले बताए । उनले भने, “सबै राष्ट्रबाट आउने–जाने विमानका कारण यति धेरै एयर ट्राफिक थियो कि व्यवस्थित नभएको भए उद्धार सम्भव हुने नै थिएन ।”

विमानचालकहरूले ‘अवतरण र उडेको आधा घण्टा’ मात्र आफ्नो ‘स्लट’को ‘पूर्णतया’ आदर गर्नुपर्ने बताउँदै उनले भने, “जमिनमा धेरै जहाजहरू थिए, तर ती ‘सुव्यवस्थित’ तवरले उडाइयो ।”

अगस्ट १५ मा काबुल तालिबान समूहको नियन्त्रणमा गएको थियो । अन्तर्राष्ट्रिय समुदायले अनुमान नगरेको तालिबानको यो गतिले हजारौँलाई सहरको विमानस्थलतिर भिड लाग्न बाध्य बनायो । यो तत्काल देशबाहिर जाने एक मात्र विकल्प थियो ।

“त्यो बिहान यात्रीवाहक विमान अवतरण गर्दा सबै कुरा सामान्य देखिएको थियो,” पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)का पाइलट मक्सुद बराजनीले भने, “फर्कने उडान सुरु गर्नुपूर्व निर्देशनको प्रतीक्षा गर्दै थियौँ । मैले बाहिर त्रास छ भन्ने कुरा थाह पाउन थालेँ । स्थिति सामान्य थिएन ।”

उनले थपे, “विमानस्थलभित्र धेरै मानिसहरू हतार–हतार गरिरहेका थिए । कतै गोली चलेकोे पनि सुनियो ।”

अर्को विमानलाई पछ्याउन जहाजलाई अगाडि बढाउन थालेका समय नियन्त्रणद्वारा यात्रुको फ्लो बढी भएको बताइएको र विमान अघि नबढाइएको बार्जानीले एएफपीसँग भने । त्यसपछि उनले स्थिति सामान्य नभएकोले अनुमति नपाए पनि उड्नु पर्ने त होइन भनी सहचालकसँग सल्लाह लिएका थिए ।

“एक घण्टाको लागि परिस्थितिलाई नियालिसकेपछि मैले विमानलाई उडाएँ । आकाश सफा थियो, जसले गर्दा मलाई सैन्य ट्राफिक जामबाट बच्न सहज भयो । 

चिनूक, गनशिप हेलिकोप्टर र अरू केही मालपहाक विमानहरू आकाशमा देखिन्थे,” उनले भने, “केही मिनेट ढिला गरेको भए हामी उड्न सक्दैनथ्यौँ । त्यो नै उक्त दिनको अन्तिम व्यापारिक उडान थियो ।”

उनका पीआईए सहकर्मी उजाइर खान सोही दिन केही समयअघि काबुल विमानस्थलबाट उडेका थिए । उनले यात्रुहरूलाई आतंकित अवस्थामा देखेर पनि विमानमा शान्त बन्नुपरेको स्मरण गरे ।

“अधिकांश यात्रुहरू या त राष्ट्रपति असरफ गनीको मन्त्रिमण्डलमा थिए वा कुनै न कुनै तरिकामा सरकारको एउटा भागमा थिए । तिनीहरू आफ्नो परिवारसहित देश छोडेर भागिरहेका थिए र हामीलाई सकेसम्म चाँडै भाग्न दबाब दिइरहेका थिए,” उनले भने, “त्यहाँ कुनै सञ्चार थिएन र प्राविधिक निर्देशन पनि सबै जिम्मा म आफैँमा निर्भर थियो । परिस्थितिलाई आफैँले नियन्त्रणमा राख्न मलाई भनिएको थियो ।”

उनले थपे, “यात्रुहरू ‘कुनै पनि हालतमा उड्न र अफगानिस्तानबाट बाहिर निस्कन चाहन्थे र विमान अन्तमा इस्लामाबाद आइपुग्दा बल्ल राहतको अनुभव भयो ।”

पछिल्ला दिनहरूमा गन्जागोल बढ्यो । रोयल एयर फोर्सले जारी गरेको ब्रिटिस सी–१७ को फोटोमा मानिस सात वा आठ पंक्तितमा भुइँमा बसिरहेका पाइयो ।

फ्रान्सेली आधार १०४ का कमान्डर कर्नेल यानिक डेबोइसका ले भने, “यस्तो बेला विमानचालक तर्कसंगत रहनुपर्छ, धेरै टाढा जान नपर्ने अवस्थामा विमानको प्रदर्शन विश्लेषण गर्नुपर्छ र लिन सक्ने अधिकतम नम्बर मात्र स्वीकार गर्नुपर्छ ।”

“एक फ्रान्सेली ए–४००–एममा सामान्यतया ११० सिट हुन्छन् । तर, यहाँ हामीले २३५ जनासम्म राखियो । यात्रुहरू भुइँमा तर सुरक्षित अवस्थामा बसिरहेका थिए,” उनले थपे । 

अमेरिकी सी–१७ विमान ४०० भन्दा धेरै यात्रुहरूलाई भुइँमा राखी बोक्नको लागि डिजाइन गरिएको हुन्छ । तर, सुरुतिरका उडानमध्ये एउटा उडानले ८२९ बोकेको थियो । डेबोइसले भने, “यो तौलसम्बन्धी सबैभन्दा महत्वपूर्ण प्रश्न हो र यात्रुहरूको संख्या धेरै भए पनि यसमा थुप्रै केटाकेटीहरू पनि पर्छन् । 

जमिनबाट उडेपछि भने काम सजिलो हुन्छ । “मानिस थकित हुन्छन् । साधारणतया तिनीहरू सुत्छन् र हामी आफ्नो काम गर्छौँ,” कमान्डर स्टिफनले बताए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro