site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काबुल बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुग्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भइरहेको उद्धार कार्य अन्तिम चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहीबार साँझ काबुल विमानस्थलमा बम विस्फोट भए पनि उद्धार कार्य रोकिएको छैन । आक्रमणपछि उद्धार कार्यलाई अझै तीव्रता दिइएको छ । विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । अधिकांश अफगान नागरिकसहित १३ अमेरिकी सैनिकको मृत्यु भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विस्फोटमा तालिबान लडाकुको हताहती भएको विषयमा भने स्पष्ट हुन सकेको छैन । १५० भन्दा धेरै घाइते भएका छन् । अझै पनि आक्रमणको सम्भावना रहेकोे बताइएको छ । आक्रमणको इस्लामिक स्टेट–खोरासान (आइएस–के) ले जिम्मेवारी लिएको छ ।

अमेरिकाले राष्ट्रपति जो बाइडेनले आक्रमणको बदला लिने बताएका छन् । उनले जवाफी कारबाही गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

Royal Enfield Island Ad

यही अगस्ट १५ मा तालिबानले अफगानिस्तानको सत्ताकब्जा गरेपछि उद्धार कार्य जारी छ । तालिबानसँग भएको समझदारीअनुसार अगस्ट ३१ को म्यादभित्र उद्धार कार्य सकिसक्ने अमेरिका र उसका साझेदारहरूले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro