अर्थ व्यवसाय


काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आगामी शनिबार वरिष्ठ अर्थोपेडिक सर्जन डा. ऋषि बिष्ट र अर्थोपेडिक्स तथा ट्रमा सर्जन डा. कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएको छ ।
नर्भिकमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. बिष्ट र ट्रमा सर्जन डा. जोशीले फ्री ओपीडी सेवा दिने भएका हुन् ।
नर्भिकले आउने शनिबारदेखि नै सहुलीयत दरमा घुँडा, तथा शरीरका अन्य जोर्नीसँग सम्बन्धित शल्यक्रिया (ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी) समेत सुरु हुने घोषणा गरेको छ । शनिबारको फ्री ओपीडीमा आउने बिरामीहरूलेसमेत ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीका लागि नाम टिपाउनसक्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८ १९:५२
प्रतिक्रिया दिनुहोस्