site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपा (एकीकृत समाजवादी)का लागि ५५ केन्द्रीय सदस्य र ३० सांसदको सनाखत 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)बाट विभाजित भएर गठित नेकपा (एकीकृत समाजवादी)का लागि ५५ केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन् ।

माधवकुमार नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का लागि एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले आज निर्वाचन आयोगमा नै पुगेर सनाखत गरेका हुन् । प्रस्तावित पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने नयाँ दिल्लीस्थित नेपाली दूतवासमार्फत सनाखत पठाएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आयोगले मंगलबार सनाखतका लागि स्वयम् उपस्थित हुनुपर्ने भएकाले खनालको सनाखत नहुने निर्णय गरेको थियो । तर, आज भने दूतावासबाट नै सनाखत आएपछि सनाखत स्वीकार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

खनालको पनि सनाखत भएसँगै प्रस्तावित दलका लागि ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर भएको छ । नेकपा (एमाले)का १५४ सांसदमध्ये २० प्रतिशत पुर्‍याउनका लागि ३१ सांसदको हस्ताक्षर चाहिन्छ ।

Royal Enfield Island Ad

आयोगले सनाखतका लागि आएका सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र मायादेवी भट्टको सनाखत गर्न भने अस्वीकार गरिएको श्रेष्ठले जानकारी दिए । दल दर्ताको निवेदनभन्दा पछि निवेदन आएकाले उनीहरूको सनाखत हुन नसकेको आयोगले जनाएको छ । योसँगै माधव नेपालको पार्टीले २० प्रतिशत सांसद पुर्‍याउन सकेन । केन्द्रीय सदस्यहरूबाट भने २० प्रतिशतभन्दा बढीको सनाखत भएको छ ।

प्रस्तावित पार्टीलाई आजै दल दर्ताको प्रमाणपत्र दिन सकिने प्रवक्ता श्रेष्ठले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro