site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाराजगञ्जको त्यो बैठक, जहाँबाट झस्किए ओली !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पार्टी विभाजन हुँदा तेस्रो धारमा उभिएका नेकपा एमाले नेताहरु र अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता भएपछि स्थायी कमिटी बैठक बोलाइएको छ ।

आज मंगलबारका लागि बैठक बोलाइएको छ ।

नेताहरु अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरु ओली निवास बालकोट पुगेका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरु एमालेमा जानका लागि पनि १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग राख्दै आएका थिए ।

महाराजगञ्जको त्यो बैठक 

Royal Enfield Island Ad

एक नेताका अनुसार सोमबारको बैठकमा ओलीलाई यसअघि महाराजगन्जमा भएको छलफलले दबाब पनि दियो ।

माधव नेपाल पक्षसँग पार्टी एकताको च्याप्टर क्लोज भएको बताएका ओली तेस्रो धारका नेताहरुसँग वार्ताको लागि राजी भए । 

गएको शुक्रबार पार्टी विभाजनमा साथ नदिएका अर्थात् एमालेमा माधव समूहमा रहेका ५७ जना केन्द्रीय सदस्यहरु भेला भएर महाराजगञ्जमा छलफल गरे । 

माधव नेपाललाई साथ नदिएका नेताहरु आफ्नो पक्षमा आउने अनुमानमा रहेका ओली सो दिनको बैठकको वक्तव्यले झस्काएको एक नेता बताउँछन् । 

५७ जनामा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि छन् । उनलाई ओलीले मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर मुख्यमन्त्री बनाएका थिए । तर, मुख्यमन्त्री शाक्यको हस्ताक्षरसहितको वक्तव्य जारी हुँदा ओली झस्किएको उनको भनाइ छ । 

“पार्टी विभाजन भएपछि ओलीले तेस्रो धारका विषयमा खासै चासो दिएनन् । जब शुक्रबार हामीले ५७ जनाको उपस्थितको बैठकबाट वक्तव्य जारी गर्‍यौँ । के साँच्चै ओली १० बुँदे मान्न तयार छैनन् त भन्ने बहस पनि सुरु भयो । त्यसबाट ओली झस्किए । र वार्ता गर्न तयार भए,” ती नेता बताउँछन् । 

तेसो धारमा रहेका नेताहरुले १० बुँदेको कार्यान्वयनसँगै माधव नेपालसहितका १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता लिनुपर्ने माग राख्दै आएका छन् । 

त्यस्तै नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया रोकिनुपर्ने उनीहरुको माग छ । सुरुवातमा ओली पक्षका दोस्रो तहका नेताहरुसँग वार्ता गरेका तेस्रो धारका नेताहरुले आइतबारको गृहकार्यपछि ओलीसँग वार्तामा बसेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro