राजनीति
काठमाडौं । सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ । शुक्रबार माइतीघर मण्डलामा अध्यादेश खारेजीको माग गर्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा टोपबहादुर रायमाझी, ऐन महर लगायतको उपस्थिति थियो ।
सरकारको सिफारिसमा गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८ १७:००
प्रतिक्रिया दिनुहोस्