site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआईसी एशियाको व्यवसाय विस्तारमा ऐतिहासिक सफलता, लगानीमा प्रतिफल पनि उच्च
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एनआईसी एशिया बैंकले गत आ.व. २०७७/७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा बैंकले अघिकांश सूचकमा प्रतिस्पर्धी बैंकलाई पछाडि छोडेको छ ।

बैंकले गत आवमा कर्जा लगानी ९१ अर्बको बढाएर २६५ अर्ब पुर्‍याउँदा निक्षेप ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन २९८ अर्ब पुर्‍याएको छ । गत आर्थिक वर्षमा २७ वाणिज्य बैंकहरूले कुल ७१९ अर्ब कर्जा विस्तार गरेकोमा कुल कर्जा विस्तारमा बैंकको हिस्सा सबैभन्दा धेरै १२.६६ प्रतिशत र निक्षेपतर्फ लगानीतर्फ  ६५५ अर्ब वृद्धि भएकोमा बैंकको हिस्सा १३.५५ प्रतिशत रहेको छ ।

Agni Group
NIC Asia

उक्त व्यवसायबाट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ । यस आधारमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी २८ रुपैयाँ ११ पैसा रहेको छ ।  उक्त मुनाफको आधारमा बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) १७.१४ प्रतिशत रहेको छ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी भएको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको आरओई सबैभनदा धेरै रहेको थियो ।

बैंकले आफ्नो रणनीतिअनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अंगिकार गरेको र कोभिडको अवस्थामा उक्त रणनीति सफल भएको देखिन्छ । जसको प्रभावस्वरुप  कोभिड–१९ को विषम परिस्थितिमा पनि कर्जा असुलीतर्फ उत्साहजनक रहेको बैंकको दाबी छ । आर्थिक वर्ष २०७६/०७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको बैंकको  निस्क्रिय कर्जा गत आर्थिक वर्षको अन्त्यमा आउँदा ०.४६ प्रतिशतमा झरेको छ ।

Global Ime bank

गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीमा साना तथा मझौला र रिटेल प्रकारका कर्जा ८६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकका प्रमुख १० ग्राहकको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.७ प्रतिशत मात्रै रहेको बैंकको दाबी छ ।

कुल कर्जामा ५ करोडभन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति लिएको जनाएको छ । बैंकले आ.व. २०७७/७८ मा ४ लाख ६६ हजार ४९५ नयाँ ग्राहक संख्या थप गर्दै २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता पुर्‍याएको छ ।

देशको कुल जनसंख्यामध्ये २० देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकले  सेवा दिएको दाबी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu