विदेश
काठमाडौं । अफानिस्तानका पूर्व राष्ट्रपति हामिद करजई र उच्चस्तरीय राष्ट्रिय मेलमिलाप अयोगका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले शान्तिका लागि निरन्तर लाग्न आह्वान गरेका छन् । अफगान नागरिकहरूलाई सम्बोधन गर्दै उनीहरूले अफगानिस्तानलाई फेरि सामान्य अवस्थामा ल्याउन आ–आफ्नो तर्फबाट प्रयास जारी राख्न आह्वान गरेका हुन् ।
यसअघि पूर्व राष्ट्रपति हामिदले सत्ता परिवर्तन परिषद् गठन गरेका थिए । उनले आफू कुनै पनि हालतमा देश नछोड्ने पनि बताएका थिए । राष्ट्रपति अशरफ गनीले भने देश छोडिसकेका छन् ।
गत आइबार विद्रोही समूह तालिबानले काबुल नियन्त्रणमा लिएको थियो । तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तान ठूलो संकटमा फसेको विश्लेषण हुँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८ १५:३७
प्रतिक्रिया दिनुहोस्