site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश १ सरकारले सुशासन कायम गर्न नसकेको संसदीय समितिको ठहर 
Siddhartha BankSiddhartha Bank

विराटनगर । प्रदेश नम्बर १ को सुशासन तथा योजना समितिले सुशासनको मूल्य मान्यता र ऐन नियमअनुसार जनताले महसुस गर्ने गरी व्यवहारमा प्रदर्शन गर्न सरकारलाई सुझाव दिएको छ । 

समितिका सभापति अर्जुनकुमार राईले प्रदेशसभाको सोमबार बसेको बैठकमा समितिको वार्षिक प्रतिवेदन पेश गर्दै पर्याप्त विशेषज्ञ र स्रोत साधन नभएको अवस्था अन्त्य गर्न, दिएको आश्वासनमा कार्यान्वयनमा उदासिनता देखिएकाले तदारुकतासाथ कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिले सरकारले दिएको आश्वासन व्यवहारिक रुपमा कार्यान्वयन सन्षोजनक नभएको ठहर गरेको सभापति राईले सदन समक्ष जानकारी गराएका छन् । उनले भने, “तथ्य र तथ्यांक मागे पनि मन्त्रिपरिषद् कार्यालयबाट जवाफ नआउने कारणले सभाले दिएको निर्देशन अवज्ञा गरिएको हो कि भन्ने जस्तो आभाष भएको छ ।” उनले समितिले दिएको निर्देशन कार्यान्वयन भए नभएको जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
 
समितिले विगतको अवस्थलाई हेरेर यथार्थ र वस्तुपरक स्रोतमा आधारित भएर बजेट निर्माण गर्न सुझाव दिएको छ । अघिल्लो आर्थिक वर्ष ३० प्रतिशत बजेट होल्ड गर्ने भनिएको तर फेरि ५० भनिँदा यस्तो अवस्था हुन यथार्थापरक बजेट ल्याइनु नै राम्रो विकल्प भएको राईले बताए । “गैरबजेटरी क्रियाकलापले ठूलो दायित्त्व पर्न आएकाले त्यस सम्बन्धी पनि अनधिकृत कार्यक्रम गर्ने पदाधिकारीलाई तुरुन्त कारवाही गर्न भनिएको थियो तर सुनुवाई भएन,” राईले भने ।

उनले सुशासन तथा योजना समितिले २०७७/०७८ मा आफ्ना जिम्मेवारीमा आएका काम गर्दै आएको भन्दै कार्यसम्पादनमा भएका कमजोरीको विषयमा सम्बन्धित निकायबाट सूचना लिने र सुझाव दिने काम गरिरहेको बताए ।
 
वर्षिक कार्ययोजनाअनुसार ८ वटा काम गर्ने तय भए पनि चार सम्पन्न भएको एक निर्णय भए पनि कार्यक्षेत्रमा जान नसकिएको सदन समक्ष जानकारी गराए । तीनवटा कार्यक्रम हुन नसकेको, १९ वटा बैठक प्रस्तावित भए पनि ११ बैठक बसेको जानकारी दिए । समितिले एक वर्षामा जम्मा ३९ हजार ७९० रुपैयाँ मात्र खर्च गरेको बताए । उनले भने, “वार्षिक कार्ययोजना तयार गरी अब घनिभूत ढंगले अघि बढाउने तयारी गरेका छौं ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय