site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानका राष्ट्रपति देश छोडेर कहाँ भागे ?
SkywellSkywell

काठमाडौं । अफगानिस्तान अहिले पूर्ण रूपमा तालिबान लडाकुको करिब नियन्त्रणमा पुगेको छ ।

राष्ट्रपति अशरफ गनी देश छोडेर भागिसकेका छन् । उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Dabur Nepal
NIC Asia

राष्ट्रपति गनी ताजिकिस्तानतिर भागेको सुरुवाती समाचार सम्प्रेषण गरिएको छ ।

यद्यपि, समाचार च्यानल अलजजिराले भने गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्त गएको जनाएको छ । अलजजिराले राष्ट्रपतिका निजी सुरक्षाकर्मीका अनुसार भन्दै यस्तो जनाएको छ । तर, सरकारले भने यसको पुष्टि गरेको छैन ।

यसैबीच, गनीले एक फेसबुक पोस्टमार्फत अफगान नागरिकलाई सम्बोधन गर्दै राजधानी काबुल छोड्नु कठिन निर्णय भए पनि रक्तपात रोक्नका लागि आफूले यस्तो गरेको उल्लेख गरेका छन् ।

तालिबान लडाकु काबुलमा आएपछि पनि आफू त्यहीँ रहँदा हुन सक्ने झडपले लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्ने उनको भनाइ छ ।

उनले तालिबानले तरबार र बन्दुकको बलमा जित हासिल गरेको बताएका छन् । अब देशको जनधन र प्रतिष्ठाको सुरक्षाको जिम्मेवारी तालिबानको भएको पनि उल्लेख गरेका छन् ।

बीबीसीका अनुसार अफगानिस्तानका एक उच्च अधिकारीले राष्ट्रपति गनीले देश छोडेको पुष्टि गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro