खेल
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १७ जना खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४५ जना खेलाडीबाट घटाएर दोस्रो चरणमा २८ खेलाडी राखेको छ ।
पाँचजना नेपाल पुलिसका खेलाडी परीक्षाका कारण सहभागी भएका थिएन् । त्यस्तै, एकजना खेलाडी कोरोना संक्रमणका कारण प्रशिक्षणमा सहभागी भएकी थिएनन् ।
नेपाली टोलीले एएफसी महिला एसिया कपको छनोटका लागि प्रशिक्षण गरिरहेको छ । छनोटअन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८ १३:०७
प्रतिक्रिया दिनुहोस्