site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा पहिलोपटक श्वेत जनसङ्ख्या घट्यो, अल्पसङ्ख्यकको संख्या बढ्यो 
SkywellSkywell
Dabur Nepal
NIC Asia

वासिङटन । अमेरिकामा श्वेत नागरिकको सङ्ख्यामा पहिलोपटक गिरावट आएको छ । अमेरिकन सेन्सस ब्यूरोले बिहीबार जनगणना सम्बन्धी यो आश्चर्यजनक नयाँ डाटा सार्वजानिक गरेको हो, जसमा २०१० पछि श्वेत जनसङ्ख्या ८.६ प्रतिशतले घटेको पाइएको छ ।
 
२०१० मा कूल जनसङ्ख्याको ६३.७ प्रतिशत श्वेत जनता थिए भने अहिले यो ५८ प्रतिशतमा झरेको छ । यो जनगणना सुरु भएदेखिकै पहिलो घटना हो ।
 
अल्पसङ्ख्यक समूहमा भने गत एक दशकमा उल्लेख्य वृद्धि भएको छ । यसमा ल्याटिनो जनसङ्ख्या २३ प्रतिशतले बढेको छ भने एसियाली जनसङ्ख्यामा पनि ३५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अश्वेत जनसङ्ख्या ५.६ प्रतिशतले बढेको छ ।
 
सेन्सस ब्यूरोका अधिकारी निकोलस जोनसले भनेका छन्, “अमेरिकी जनसङ्ख्या पहिलेको तुलनामा अधिक बहुजातीय र विविध बन्न पुगेको छ । यस्तो पहिले कहिल्यै भएको थिएन ।”

हाल अमेरिकाका सबैभन्दा विविध स्टेटहरु : हवाइ, क्यालिफोर्निया, नेभाडा, टेक्सस, मेरिल्यान्ड, कोलम्बिया, न्यु जर्सी र न्युयोर्क रहेका छन् । टेक्ससमा मात्र श्वेत र अश्वेत जनसङ्ख्या झन्डै समान स्तरमा पुग्न लागेको छ । त्यहाँ श्वेत जनसङ्ख्या ३९.७ प्रतिशत छ भने अश्वेत नागरिकरुको सङ्ख्या पनि ३९.३ रहेको छ । 

यसैगरी बहुजातियहरुको सङ्ख्यामा पनि ठूलो वृद्धि देखा परेको ब्यूरोले जनाएको छ । विगत दश वर्षमा अमेरिकी जनसङ्ख्या ७.४ प्रतिशतले वृद्धि भएको छ जसलाई अमेरिकी इतिहासकै सुस्त वृद्धि भनिएको छ । यसमा ठुल्ठुला सहरी क्षेत्रको जनसङ्ख्या बढेको बढ्यै छ भने ससाना काउन्टीमा सङ्ख्या निरन्तर घटिरहेको छ ।
 
अमेरिकीहरुले सबैभन्दा बढी दक्षिण र पश्चिमतर्फ बसाइ सर्ने गरेको पनि तथ्यांकले देखाएको छ । सबैभन्दा छिटो वृद्धि हुने सहरमा फिनिक्स परेको छ ।
 
तर, अझै पनि न्युयोर्क सिटी नै अमेरिकाको सबैभन्दा ठूलो सहर हो जहाँ ८८ लाख मानिसहरु बसोबास गर्छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro