site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
असदको निष्कासनपछि ईयूले दमास्कसमा दूतावास पुनः खोल्ने

स्ट्रासबर्ग (फ्रान्स) । युरोपेली संघ (ईयू)ले शासक बसर अल–असदको पतनपछि सिरियाको नयाँ नेतृत्वसँग ‘रचनात्मक’ वार्तापछि दमास्कसमा आफ्नो मिसन पुनः खोल्ने ब्लकको विदेश नीति प्रमुखले मंगलबार बताएका छन् ।

“यो धेरै महत्त्वपूर्ण कदम हो, हामी सिरियामा प्रतिनिधिमण्डल पुनः खोल्नेछौँ,” ईयूका काजा कल्लासले युरोपेली संसद्लाई भने ।

सिरियाका लागि ईयूका शीर्ष कूटनीतिज्ञले सोमबार दमास्कसको भ्रमण गरेका थिए । यसलाई कालासले ‘नयाँ नेतृत्व र अन्य विभिन्न समूह, नागरिक समाजसँग पनि रचनात्मक पहिलो सम्पर्क’ भने ।

Dabur Nepal
NIC Asia

युरोपेली राष्ट्रहरू अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूसँगै असद परिवारको पाँच दशक लामो प्रभुत्वको अन्त्यपछि सिरियामा प्रभावका लागि संघर्ष गरिरहेका छन् ।

तर, तिनीहरू इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटीएस)को नेतृत्वमा नयाँ अधिकारीहरूबाट सावधान छन् । एचटीएस अल–कायदामा निहित थियो र केही पश्चिमी सरकारद्वारा ‘आतंकवादी’ संठनका रूपमा सूचीबद्ध गरिएको छ ।

“हामी सिरियामा खालीपन छोड्न सक्दैनौँ, ईयू यहाँ उपस्थित हुनुपर्छ,” कालासले भने ।

ईयूले सिरियाका लागि समर्थन बढाउन तयार रहेको तर नयाँ नेताहरूले सम्मान गर्नुपर्ने सर्तहरू राखेको छ । ती शर्तहरूमा अल्पसङ्ख्यकहरूको संरक्षण, समावेशी संक्रमणको निगरानी र उग्रवादको बहिष्कार समावेश छन् ।

कालासले सोमबार ईयूले सिरियाको भविष्यमा मस्कोको कुनै स्थान नभएको भन्दै देशमा रूसी सैन्य आधारहरूको उपस्थितिलाई लिएर अधिकार प्राप्त गर्नेहरूलाई पनि दबाब दिने बताए ।

रूसले गृहयुद्धका बेला आफ्ना सैनिकहरूद्वारा असदलाई समर्थन गर्यो र अब उनको निष्कासनपछि सुरक्षित आश्रय प्रदान गरेको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro