अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गरेको छ । केन्द्रीय बैंकले सीसीडी रेसियो खारेज गर्दै कर्जा निक्षेप अनुपात सीडी रेसियो तोकेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने र विद्यमान कर्जा–स्रोत परिचालन अनुपात सम्बन्धी व्यवस्था खारेज गर्ने बताए ।
पुँजी कोष र पुँजी कोषको अङ्गको रूपमा रहेका ऋणपत्रबाहेकका ऋणपत्र र सापटीलाई उपरोक्त बमोजिमको कर्जा–निक्षेप अनुपातमा समायोजन गर्न सकिने व्यवस्था गरिने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८ १७:१०
प्रतिक्रिया दिनुहोस्