site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा बसबाट ओर्लने क्रममा बसको ठक्कर, एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कभित्र बसबाट ओर्लने क्रममा सोही बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।

कपिलवस्तुको महाराजगन्ज घर भएका ८० वर्षीय कुतबुल्ला मुसलमानको मृत्यु भएको हो । लु२ख ५२४२ नम्बरको बसबाट ओर्लने क्रममा सोही बसले हिजो बेलुका करिब साढे ७ बजे उनलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महाँकालमा राति ११ बजे मृत्यु भएको जनाइएको छ ।

चालकलाई महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नियन्त्रणमा लिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro