देश
काठमाडौं । जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डाेज अस्ट्राजेनेका खोप आगामी आइतबारसम्म नेपाल आइपुग्ने भएको छ । नेपालस्थित जापानी दूतावासले बुधबार १६ लाखमध्येकाे आधा खोप बिहीबार र शुक्रबार 'एयरलिफ्ट' हुने र शनिबार र आइतबार नेपाल आइपुग्ने जानकारी गराएको हो ।
जापान सरकारको अनुदान सहयोगमा आउन लागेको बाँकी आधा भ्याक्सिन भने पानी जहाजको मार्ग हुँदै नेपाल आइपुग्ने दूतावासले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८ १९:४६
प्रतिक्रिया दिनुहोस्