site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोभिडको प्रत्यक्ष प्रभाव रहेसम्म पुनर्कर्जाले निरन्तरता पाउँछ : गभर्नर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा पनि कर्जाको नवीकरण र पुनर्संरचनालाई निरन्तरता दिने भएको छ । बुधबार प्रतिनीधिसभा अन्तर्गतको अर्थसमितिमा भएको आयोजना गरेको मौद्रिक नीति पूर्वको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका चुनौती र प्राथमिकताको रूपमा कर्जा पुनर्संरचनालाई राखेको बताए ।

“कोभिडको दोस्रो लहर र निषेधाज्ञाको असर स्वरूप व्यवासायमा परेको समसया सम्बोधन गर्न ऋणका नवीकरण तथा पुनर्संरचना लगायतका विषयलाई प्रभावका आधारमा निरन्तता दिनुपर्ने देखिएको छ,” गभर्नर अधिकारीले भने, “महामारी प्रभावित क्षेत्र तथा व्यवसायको सहुलियतलाई निरन्तरता दिँदै मौद्रिक नीतिमा केही सजगता देखाउन भने आवश्यक देखिन्छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले कोभिड संक्रमण र त्यसको पत्यक्ष प्रभाव रहेसम्म पुनर्कर्जालाई भने निरन्तरता दिने बताए । कोभिडको सम्भावित तेस्रो लहरबाट आर्थिक पुनरुउत्थानको बाटोमा थप चुनौती सिर्जना हुनसक्ने बताए । विशेष गरेर कोभिडबाट अति प्रभावित पर्यटन, मनोरञ्जन र यायातका क्षेत्रको पुनरुउत्थान आफै पनि ठुलो चुनौती रहेको उनले बताए ।

गभर्नर अधिकारीले बढ्दो आयात र  पेट्रोलियम पदार्थको मूल्यवृद्धि आगामी दिनमा ठुलो चुनौती हुनसक्ने पनि बताए । अगामी दिनमा रेमिट्यान्समा दबाब सिर्जना भए बढ्दो आयातले गर्दा विदेशी विनिमय सञ्चितिमा समस्या हुनसक्ने संकेत गरे । उनले आगामी दिन आयातमा थप कडाइ हुनसक्ने संकेत पनि गरे ।

Royal Enfield Island Ad

यसअघि पनि बढ्दो आयतले विदेशी विनिमय सञ्चितिमा दबाव सिर्जना हुँदा राष्ट्र बैंकको सुझावमा सरकारले केही वस्तु आयातमा कडाइ गरेको थियो ।

उनले विलासिताका वस्तु आयातमा रोक लगाउनुपर्ने र त्यस्ता वस्तु आयातमा मौद्रिक नीति कठोर बन्नसक्नेतर्फ संकेत गरेका छन् ।

“पेट्रोलियम पदार्थमा भएको लगातारको वृद्धिले निकट भविष्यमै मुद्रास्फीतिको दबाब सिर्जना गर्ने सम्भावना रहेको छ,” उनले भने, “आगामी दिनमा बढ्दो आयात रेमिट्यान्सबाट समर्थित हुन नसकेमा सञ्चिति व्यवस्थापनमा चुनौती पैदा हुनसक्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro