site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सप्तरीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सप्तरीमा हिजो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् ।

खडक नगरपालिका–४, अमहामा सोमबार बेलुका करिब ७ बजे बसलाई ओभरटेक गर्ने क्रममा स११प ४०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ ०१ ००१ प ९५५६ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनामा ४०३८ नम्बरको मोटरसाइकलका चालक सप्तरीकै शम्भुनाथ नगरपालिका–७ का २८ वर्षीय बुद्धसागर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै, ९५५६ नम्बरको मोटरसाइकलका चालक सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशंकर यादवको भने उपचारको क्रममा सप्तऋषि अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका दुवै मोटरसाइकलमा पछाडि सवार दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ ।

Global Ime bank

दुर्घटनामा परेका ती सवारीसाधनसहित बस चालकलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC