काठमडाौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता एम भी दुगड ग्रुप अन्तर्गतकाे विवेक अटोमोबाइल्सले क्रुजर सिरिजमा रोयल इन्फिल्डको नयाँ मोडलको मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले ३५० सीसीको मिटोरर सार्वजनिक गरेको हो । यो मोटरसाइकल तीनओटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसमा जे सिरिजको एयर–वेल कुल्ड एसओएचसी इन्जिन जडान गरिएको छ ।
इन्धनको कार्यकुशलताका लागि इलेक्ट्रोनिक फ्युल इन्जेक्सन भएको यस मोटरसाइकलमा थप सुरक्षाकका लागि ड्युअल च्यानल एबीएस पनि रहेको जनाइएको छ ।
यस मोटरसाइकलमा फोन चार्जर गर्न सकिने सुविधा पनि रहेको छ । यो मोटरसाइकलको बजार मूल्य ६ लाख देखि ६ लाख ४५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।
यो मोटरसाइकल विवेक अटोमोवाइल्सको १९ वटै शाखा तथा डिलरहरुमा साउन १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिएको कम्पनीले जनाएको छ ।