राजनीति
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा पार्टी एकताका विषयमा छलफल भइरहेको स्थायी कमिटी सदस्य गोकर्ण विष्टले जानकारी दिए ।
अन्योल सिर्जना भएको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न बैठक बसेको हो ।
खनाल–नेपाल समूहले सरकारमा जाने–नजाने अझै प्रष्ट पारिसकेको छैन । यसले गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।
नेताहरुले पार्टी एकताको पहल गरिरहेको भने पनि ठोस परिणाम निस्कन सकेको छैन । विघटित कार्यदलका नेताहरुबीच छलफल भए पनि सार्थक परिणाम भने निस्किन सकेको छैन ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८ १५:४६
प्रतिक्रिया दिनुहोस्