site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता गठबन्धन कार्यदलको बैठक जारी : आजै न्यूनतम साझा कार्यक्रम  ल्याउने तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धन कार्यदल बैठक बालुवाटारमा बसिरहेको छ । सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र  आचारसंहिता बनाउने गरी कार्यदलको बैठक बालुवाटारमा बसेको हो । 

केपी शर्मा ओलीको सरकारको विकल्पमा देउवा नेतृत्वमा असार २९ गते नै सरकार बने पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यदलका सदस्य एवम् कांग्रेस नेता डा. मिनेन्द्र रिजालका अनुसार कार्यदलले काम गर्नै नपाएका कारण न्यूनतम साझा कार्यक्रमसहितका कामलाई पूर्णता दिन ढिला भएको हो । सत्तारुढ दलहरु आआफ्नै समस्यामा हुँदा सत्ता गठबन्धनले मन्त्रिपरिषदलालई पूर्णता दिनेदेखि सरकारका साझा कार्यक्रम दिन सकेका छैनन् ।

त्यसैले आज न्यूनतम साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकार संचालनलानई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी छ ।
 
“सम्भवतः आजै न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र सरकार संचालन आचारसंहिता टुंगोमा पुग्नेछ,” गठबन्धन कार्यादलका सदस्य तथा जसपा नेता राजेन्द्र श्रेष्ठले भने, “यी काम सकिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा नेताहरु जुट्नुहुने छ ।” उनले हिजोदेखि कार्यदलले पूरा समय दिएर काम गर्न पाएको भन्दै आज साँझ वा भोलि विहानसम्म कार्यदलले कामलाई पूर्णता दिने बताए । 

Global Ime bank

प्रधानमन्त्री बनेको २१ दिन भइसक्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्रीको मात्र आलोचना सुरु भएको छैन सत्ता गठबन्धनको समेत आलोचना बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC