अर्थ व्यवसाय


काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको तीन लाख ८९ हजार कित्ता साधारण र ८ लाख २२ हजार ५०० कित्ता संस्थापक गी कुल १२ लाख ११ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । पहिलो कारोबारको लागि नेप्से कम्पनीलाई ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।
नेप्सेले प्रारम्भिक सार्वजनिक निष्कासनपछि नेप्सेमा सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि पछिल्लो लेखापरीक्षण भएको वित्तीय प्रतिवेदनको नेटवर्थदेखि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज तोक्छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८ १८:५३
प्रतिक्रिया दिनुहोस्