काठमाडौं । कांग्रेस सांसद देवेन्द्रराज कडेँलले नागरिकता कानुन चाँडो ल्याउन माग गरेका छन् । विगतको सरकारले विवाद बढाउने, अध्यादेश जारी गर्नेजस्ता अनेक बाहना गरेपनि नागरिकता ऐन नल्याएको भन्दै त्यसबाट लाखौं युवाको भविश्य अन्योलमा परेको बताए ।
“मेचीदेखि महाकालीसम्म लाखौं युवा नागरिकताविहीन हुँदा अन्योलमा छन् । विगत सरकारले अध्यादेश र अन्य विभिन्न बाहनामा झुलाउने काम गर्दा युवा विदेश जान पाएका छैनन्, जागिर खान पाएका छैनन्, अध्ययन गर्न पाएका छैनन् । व्यवसाय गर्न पाएका छैनन् । उनीहरुको भविश्य अन्योलमा छ,” कडेँलले भने, “उनीहको भविश्य सुनिश्चित गर्न यो सरकारले अठोटका साथ अविलम्ब नागरिकता ऐन ल्याउन आवश्यक छ ।”
उनले नागरिकताविहीन हुँदा धेरै समुदाय समस्यामा रहेको बताए । “चाहे जन्मसिद्धका सन्तती हुन् वा अंगिकृतबाट बञ्चित भएका नागरिक र तीनका सन्तान्,” उनले भने, “आमाको नाममा नागरिकतना पाउनेहरु हुन् वा पिताको अत्तोपत्तो नभएका नागरिकका सन्तान हुन् । बैवाहिक अंगिकृत (यसका विषयमा हाम्रो समितिमा पनि केही कुरा मिल्न सकेन) । यी सबैलाई नागरिकता दिन आवश्यक छ ।”