site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वमाओवादी नेताको मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वमाओवादीका चार नेताले हालेको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याउने’ सूचीमा राखिदिएको छ । बुधबार आफूहरूले एमालेको सदस्यता नै नलिएको भन्दै माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले हालेको रिटमा बिहीबारका लागि पेशी तोकिएको थियो । तर, सर्वोच्चले बिहीबार रिट 'हेर्न नभ्याउने' सूचीमा राखिदिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सर्वाेच्च अदालतका न्यायाधीशद्वय बमकुुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले गत फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भंग गर्दै दुवै दललाई अलग काम गर्न आदेश दिएका थियो । त्यही फैसलापछि दुवै दल फलक–फरक अभ्यास गर्दा यी चारै जना नेताले केपी ओलीलाई साथ दिएका थिए ।

Global Ime bank

फागनु २८ मा उनीहरूसहितलाई एमाले अध्यक्ष ओलीले नेकपा एमालेको केन्द्रीय सदस्यमा नियुक्ति दिएका थिए । त्यसपछि पटक–पटक माओवादी केन्द्रले सरकारबाट फिर्ता हुन आग्रह गर्दा उनीहरूले अटेर गरेका थिए । पछिल्लो समय उनीहरू एमाले बैठकमा सहभागी हुँदै आएका छन् । 

तर, उनीहरूले एमालेको सदस्यता नलिएको अवस्थामा माओवादी केन्द्रले दल त्याग भएको मानेर कारबाही गर्न नसक्ने भन्दै पुनर्वहालीको माग गर्दै रिट दायर गरेका छन् । यी चार जना उनै सांसद हुन् जसले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै दल खारेजीको माग गर्दै निर्वाचन आयोगमासमेत उजुरी गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC