site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टोकियो ओलम्पिक : पदक तालिकामा चीनको अग्रता 
SkywellSkywell

काठमाडौं । ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले अग्रता बनाएको छ ।

जापानको टोकियोमा जारी ओलम्पिकअन्तर्गत बिहीबार दिउँसोसम्म कुल १०४ स्वर्णपदकको छिनोफानो भएको छ । जसमा ३७ राष्ट्रले स्वर्णपदक जितेका छन् ।

Dabur Nepal
NIC Asia

ओलम्पिकको सातौँ दिन जारी रहँदा पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका र जापानलाई पछि पार्दै चीन शीर्ष स्थानमा पुगेको हो ।

चीनले १४ स्वर्णसहित कुल २९ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले १३ स्वर्णसहित ३६ पदक जितेको छ । यस्तै, तेस्रो स्थानको जापानले १३ स्वर्णसहित २२ पदक जितेको छ ।

रसियन ओलम्पिक टिम सात स्वर्णसहित २५ पदक जितेर चौथो स्थानमा छ । पाँचौँ स्थानमा रहेको अष्ट्रेलियाले सात स्वर्णसहित कुल १९ पदक जितेको छ ।

ग्रेट ब्रिटेनले पाँच स्वर्ण जितेको छ । दक्षिण कोरियाले चार तथा जर्मनी र फ्रान्सले तीन÷तीन स्वर्णपदक जितेका छन् । दुई स्वर्ण जित्नेमा नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, इटाली, स्लोभानिया, क्रोएसिया र कोसोभो छन् । त्यस्तै, एक स्वर्ण जित्ने राष्ट्रको संख्या २१ छ ।

ओलम्पिकअन्तर्गत नेपालले सहभागिता जनाएका खेलहरुमध्ये एउटा खेलको प्रतिष्पर्धा बाँकी छ । एथलेटिक्सको प्रतिष्पर्धा बाँकी रहेको हो । यसअघिका खेलहरुमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu