site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
१३ वर्षकै उमेरमा पूरा भएको स्वर्णिम सपना
Siddhartha BankSiddhartha Bank

रोयटर्स । मोमीजी निशिया १३ वर्षकी भइन् । सानो उमेरमा नै ओलम्पिक खेल्न पुगेकी उनी अहिले च्याम्पियनको छवि बनाउन सफल भएकी छन् । जापानकी स्केटबोर्डकी निशियाले ओलम्पिकमा स्वर्ण जित्ने सपना सानै उमेरमा पूरा भयो । ओलम्पिकमा एकै इभेन्टमा पदक जित्ने खेलाडीको सबैभन्दा कम उमेरको पोडीएम निशियाले बनाइन् । पदक जित्नेको औसत उमेर १४ वर्ष १ सय ९१ दिन रहेको थियो ।

साथै उनी देशका लागि स्वर्ण जित्ने उनी हालसम्मकै सानो उमेरकी खेलाडी हुन् । उनले १३ वर्षको उमेरमा नै देशलाई सफलता दिलाइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

खेल जीवनको छोटो समयमा उनले गरेको सफलताले नै जापानलाई अहिले घरेलु मैदानमा भइरहेको प्रतियोगितामा थप सफलता मिल्ने बाटो जोडिएको छ । टोकियो ओलम्पिक २०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डीङमा उनले स्वर्ण जितेकी हुन् । उनको स्वर्णले जापानले प्रतियोगितामा आफूलाई बलियो पारेको छ । 

१३ वर्षीया निशिया आफूभन्दा कान्छी ब्राजिलकी राय्सा लिएललाई पछि पार्दै स्वर्ण जितिन् । जापानकै १६ वर्षिया फुन्ना नकायामाले भने कास्यपदक जितेकी छन् । ओलम्पिकमा कम उमेरमा स्वर्ण जितेकी उनले आफूलाई सुरुवाती समयमा डर लागेको बताइन् । साथै उनले यो उमेरमा देशका लागि स्वर्ण जित्न पाउँदा आफू खुसी भएको पनि थपिन् । 

Global Ime bank

“साँच्चिकै म धेरै खुसी छु । मैले फाइलनको सुरुवाती स्केटर्स आफूले नै स्वर्ण पदक जित्छु भन्ने कल्पना पनि गरेकी थिइन । तर, पछिल्लो स्केटर्सले मलाई हौसला प्रदान गर्यो । त्यति बेला मैले जित्छु भन्ने सोचेँ,” निशियाले एनएचकेको टेलिभिन अन्तवार्तामा भनिन् । 

निशिया फाइनलको सर्वश्रेष्ठ ट्रिकको पहिलो चरणमा पहिलो दुई प्रयासमा पछि परेकी थिइन् । निशियाले कुल १५.२६ स्कोर गर्दै स्वर्ण जितेकी हुन् । लिएलले १४.६४ स्कोर जोडेकी थिइन् । ओलम्पिकमा स्वर्ण जित्ने कान्छी खेलाडीको कीर्तिमान निशियाले आफ्नो नाममा पार्न सफल भएकी थिइन् । 

यसअघि १९३६ को बर्लिन गेम्समा मार्जरी गेस्ट्रीङले १३ वर्ष २ सय ६७ दिनमा स्वर्ण जितेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय