site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
युथ फोर्स र अखिल फोर्सजस्ता ‘बाहुबली’ समूहहरू खारेज गरौँ : योगेश भट्टराई
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एमाले नेता योगेश भट्टराईले ‘युथ फोर्स’ र ‘अखिल फोर्स’ गठन गरिएकोप्रति आपत्ति जनाएका छन् । शुक्रबार राति फेसबुकमार्फत नेता भट्टराईले ‘युथ फोर्स’ र ‘अखिल फोर्स’ जस्ता संगठनहरू बनाएर अनेरास्ववियु र युवासंघजस्ता संगठनलाई ओझेलमा पार्न खोजिएको बताएका हुन् । 

उनले समाजमा आतंकको आभाश दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्धत ‘बाहुबली’ समूहहरू तत्काल खारेज गरिनुपर्ने बताएका छन् । 

Agni Group
NIC Asia

“ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन र क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवाहरूलाई राजनीतिक र वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्‍याएका अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ? समाजमा आतंकको आभास दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्धत यस्ता बाहुबली समूहहरू तत्काल खारेज गर्नु पर्दछ,” उनले लेखेका छन् ।

बहुदलीय जनवादको सिद्धान्तलाई अनुसरण गरेको एमालेका लागि यस्ता प्रवृत्ति नसुहाउने उनको भनाइ छ । उनले यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल आग्रहसमेत गरेका छन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  २२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय