site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको आममाफी, च्यासलबाटै नेपालको वाहवाही !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बिहीबार र शुक्रबार छुट्टाछुट्टै कार्यक्रम भए ।

बिहीबार नेकपा एमालेको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहित  तीन वक्ताले पुष्पलाललाई सम्झिए । 

कार्यक्रममा ओली पार्टीका वरिष्ठ नेता नेता माधवकुमार नेपाल समूहप्रति एकाएक लचिलो देखिए । बुधबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई कारबाहीका लागि स्पष्टीकरण पत्र पठाएका ओलीले पार्टी एकताका लागि एकताका लागि आह्वान गर्दै आममाफी दिने घोषणा गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले पुष्पलाललाई सम्झिएर भन्दै भनेका थिए– एम्नेस्टी इज ग्रान्टेड ।

सोही स्थानमा शुक्रबार पुुष्पलाल मित्रता केन्द्रले कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा विभिन्न कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू एकै मञ्चमा देखिए । तर, ओलीलाई कार्यक्रममा निम्तो नै थिएन ।

Global Ime bank

कार्यक्रममा नेता नेपालले ओलीको आममाफीलाई अस्वीकार गरेका छन् । उनले राजा–महाराजको शैलीमा आफूहरूलाई आममाफी दिने आदेश भएको भन्दै असन्तुष्टि प्रकट गरे । 

उनले ओलीको अभिव्यक्तिको व्यङ्ग्य गर्दैै ‘वाहा वाही’ समेत गरेका छन् ।

“हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो । माधव नेपाललगायत बाँकी सदस्यहरूमाथि गरिएको स्पष्टीकरणलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । महाराजधिराजको आदेश,” उनले कटाक्ष गर्दै भने, “वाहा ! वाहा ! हामीलाई आममाफी मिलेछ । हामी खुसी हुनुपर्ने भो । हामी नाँचुपर्ने भो । यही हो कम्युनिस्ट प्रवृत्ति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?” 

नेता नेपालले स्पष्टीरकरण ‘फिर्ता लिएँ’ भनेको भए  मर्यादा  कम हुन्थ्यो र ? भन्दै ओलीलाई प्रश्न  समेत गरे । 

“स्पष्टीकरण सोध्नु गल्ती भयो । मैले त्यो हतार गरेँ । मैले फिर्ता गरेँ भनेको भए उहाँको ‘हाइट’ घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?,” उनले प्रश्न गरे ।

देउवालाई विश्वासको मत दिएका सांसदले बिहीबार स्पष्टीकरणको प्रश्नात्मक जवाफ बुझाएका छन् । 

संसद् जोगियो, षड्यन्त्र टर्‍यो 
कार्यक्रममा नेता नेपालले साउन ३ गते ठूलो षड्यन्त्रको तयारी भएको तर आफूहरूले त्यसलाई असफल पारेको जितिर गरे । नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको पक्षमा मत दिएर संविधानसम्मत कार्य भएको जिकिर गरेका छन् । साउन ३ गते प्रधानमन्त्री देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए ।

“साउन ३ गते ठूलो षड्यन्त्र हुनेवाला थियो । संसद्लाई जोगाइदिएका छौँ । व्यवस्थापिकाको रक्षा गरेका छौँ । संविधानको रक्षा गरेका छौँ । संविधानसंवत काम गरेका छौँ । कार्यपालिकाको रक्षा गरेका छौँ । न्यायपालिकाको गरिमाको रक्षा गरेका छौँ । जायज काम गरेका छौँ,” उनले दाबी गरे । 

नेता नेपालले देउवालाई विश्वासको पक्षमा मत दिने सांसदहरूलाई बधाई पनि दिए । उनले दिल्लीमा उपचार गराइरहेका वरिष्ठ नेता झलनाथ खनाललार्ई पनि बधाई दिए । खनालले पार्टीका सांसदलाई देउवाको पक्षमा मत दिन वक्तव्य जारी गरेका थिए ।

“मसँगै जोडिएका मेरा पार्टीका २२ जना योद्धालाई विशेष अभिवादन गर्न चाहन्छु । लामसलाम गर्न चाहन्छु । जेएन (झलनाथ) खनालसहित २३ जना,” उनले भने, “ती बाँकी ११ जना जो उपस्थित हुनुभएन । उहाँलाई पनि सलाम गर्छु । कमसेकम विपक्षमा मत दिनुभएन ।  बाँकी ८३ मा पनि केही बाध्य भएर जानेहरूप्रति सहानुभूति व्यक्त गर्न चाहन्छु । ”

नेपालको सुझाव– अन्तर्विरोधको फेद पत्ता लगाउनू, दुरी घटाउनू   
नेता नेपालले ओलीलाई पार्टीभित्रको अन्तरद्वन्द्वको जरो पत्ता लगाउन सुझाएका छन् । उनले ‘इगो’का कारण लडाइ नभएकोे पनि प्रष्ट पारेका छन् ।

“पार्टीको अन्तर्विरोधको मूल कारण के हो खोजी गर्नुस् । यो पद र प्रतिष्ठाको लडाइ होइन । यो इगोको लडाइँ होइन । वैचारिक विचलनमा जोडिएको अन्तर्विरोध हो । यसको फेद पहिचान गर्नुुस्,” नेपालले सुझाव दिए । 

नेता नेपालले आफूहरूबीचको अविश्वासको चिरफार गर्न पनि सुझाएका छन् । अविश्वासका थुप्रै आधार खडा भएको भन्दै त्यसलाई कम गर्न सुझाए ।  

“हाम्रो व्यवहारले खाडल पैदा गरेको छ । दुरी पैदा गरेको छ । अविश्वास पैदा गरेको छ । यी सबैको गहिरो चिरफार गर्नुस् । समय धेरै गइसकेकको,” नेपालले मिश्रित सुझाव दिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement