site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना महामारी नियन्त्रणमा निजी क्षेत्रको सहयोग आवश्यक : प्रधानमन्त्री देउवा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा उनले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्न उद्योगी तथा व्यापारीहरूले सहयोग गर्नुपर्ने बताए । कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उनले महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरूले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने बताए ।

“कोभिड १९ को जनु समस्या छ, त्यो समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरूले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । कोरोना नियन्त्रणमा सरकार लाग्छ नै तपाईंहरूको पनि सहयोग भए छिटो नियन्त्रण गर्न सकिन्छ भन्ने मलाई आशा छ,” उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले कार्यक्रममा सँगै रहेको अर्थमन्त्रीलाई हेर्दै अर्थमन्त्री जनार्दन शर्मा अत्यन्त मिहेनती भएकाले मुलुकको अर्थतन्त्रमा छिटो सुधा ल्याउन सकिने पनि बताए । “हाम्रो अर्थमन्त्रीजी अत्यन्त मिहेनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ,” उनले भने ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीको कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासको लागि निजीक्षेत्र र सरकारबीच हातेमालो गर्नुपर्नेमा जोड दिए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro