site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
नयाँ दिल्ली गन्तव्यमा सातामा ६ उडान सञ्चालन हुने
सांकेतिक तस्बिर
SkywellSkywell

काठमाडाैं । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरूप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल ६ उडान सञ्चालन हुने भएको छ ।

यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हँदै आएकामा अब छ उडान हुने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

उनकाअनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ ।

यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन् ।

यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ । उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुनेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  २३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro