राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने भएका छन् ।
शेरबहादुर देउवाले अहिले संसद्मा विश्वासको मत लिँदैछन् । माधव नेपाल समूहका केही सांसद संसद् भवनबाट बाहिरिएका छन् भने केही तटस्थ बस्ने भएका छन् ।
तर माधव नेपाल सहित केही सांसदले देउवाको पक्षमा मत दिने बताएका छन् ।
“हामी अहिले तटस्थ बस्ने निर्णयमा पुग्यौँ,” एमाले नेता सुरेन्द्र पाण्डेले भने, “मत कतै नदिने निर्णय गरेका छौँ ।”
कति जना हुनुहुन्छ भन्ने बाह्रखरीको जिज्ञासामा उनले भने, “१०–१५ जना ।”
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८ २१:२४
प्रतिक्रिया दिनुहोस्