राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ ।
उनी नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले आज स्वीकृत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री एवं सभापति देउवाले खातीले पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य पदमा रहेर पुर्याएको योगदानको सराहना गर्दै उनलाई धन्यवाद दिएका छन् । रासस
प्रकाशित मिति: शनिबार, साउन २, २०७८ २१:३९
प्रतिक्रिया दिनुहोस्