site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र बोर्डले दुई कम्पनीलाई दियो आईपीओ निष्कासन अनुमति
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति दिएको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न अनुमति दिएको छ ।

बोर्डले असार ३१ गते बिहीबार सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर बिक्री गर्न अनुमति दिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुबै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर जारी गर्न लागेका हुन् । सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते र मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डमा साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै आवेदन दिएका थिए ।

आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

Royal Enfield Island Ad

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार सानिमा लाइफको आईपीओले ‘केयर एनपि आइआर ट्रिपल बि माइनस’ रेटिङ प्राप्त गरेको छ । जसले कम्पनीमा गरेको लगानी मध्यम किसिमको सुरक्षाको संकेत गर्छ  ।

मानुषी लघुवित्तको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बि प्लस’ रेटिङ दिएको छ । कम्पनीले दिएको सिङ्गल बिप्स रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा नगरेको खण्डमा उच्च जोखिमको संकेत गर्छ ।

आईपीओ निष्कासन पछि सानिमा लायफको चुक्ता पुँजी २ अर्ब र मानुषि  लघुवित्तको १० करोड ९३ लाख रुपैयाँ पुग्ने छ ।

यससँगै नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७÷०७८ मा २१ संस्थालाई १५ अर्ब ५ करोड  ५३ लाख २८  हजार  ७०० रुपैयाँ बराबरको प्राथमिक सेयर जारी गर्न स्वीकृति दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro