site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव समूहका नेता र सासंदमाथि ओली समूहको ‘थ्रेट’ ! सुरक्षा बढाइयो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल प्रहरीले नेकपा एमालेका अध्यक्ष केपी ओली समूहबाट एमालेकै वरिष्ठ नेता माधव नेपाल समूहमाथि सुरक्षा थ्रेट बढेको निस्कर्ष निकालेको छ ।

ओलीनिटक युवाका गतिविधी माधव नेपाल समूह लक्षित भएपछि प्रहरीले यस्तो निस्कर्ष निकालेको हो ।

नेकपा एमालेको विवाद उत्कर्षमा छ । यस्तो अवस्थामा माधव समूहका नेता र सासंदमाथि ओली समूहबाट आक्रमण हुनसक्ने भन्दै सुरक्षा सतर्कता बढाइएको छ ।

Agni Group
NIC Asia

प्रहरीले माधव नेपाल, झलनाथ खनाललगायत नेता र सो समूहका सबै सासंदहरुको निवास वरपरको सुरक्षा बढाएको एक उच्च अधिकारीले बताए ।

ती उच्च अधिकारी भन्छन्, “ओली समूहबाट माधव समूहका नेताहरुमाथि थ्रेटको अनुमान हामीले पनि गरेका छौं । केही सूचना पनि आएका छन् । त्यसैले सबैको सुरक्षामा ध्यान दिएका छौं । पहिलेभन्दा चनाखो भएका छौं ।”

Global Ime bank

उपत्यकामा मात्रै नभई देशभर माधव समूहका कार्यकर्तामाथि ओली समूहबाट आक्रमण हुनसक्ने प्रहरीको अनौपचारिक निस्कर्ष छ ।

प्रहरीले राजनीतिक घटनाक्रम लगायतलाई मध्यनजर गर्दै विगतभन्दा अहिले सूचना संकलनमा समेत तिव्रता दिएको छ । जसका लागि सादा पोशाकका प्रहरीसमेत विगतभन्दा बढी संख्यामा खटाइएको छ ।

संसद पुर्नस्थापना भएसँगै ओली समूह माधव समूहविरुद्ध निरन्तर प्रर्दशन गर्दै आएको छ । ओलीले वालुवाटार छाडेकै दिन माधव नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए । लगत्तै ओली समूहका युवाले कोटेश्वरमा माधव नेपालको पुतला जलाएका थिए ।

उनीहरुले माधव नेपालको निवास घेराउ गर्ने योजना बनाए पनि प्रहरीले असफल पारेको थियो ।

यसबाहेक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासको सुरक्षा पनि बढाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu