राजनीति
पोखरा । पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उनलाई अहिले बिहान ४ बजेतिर मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । उनका अनुसार मेयरको अवस्था अहिले सुधारोन्मुख छ ।
मेयर जिसीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ ।
उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको भए पनि खराब मौसमका कारण हेलिकोप्टर उड्न सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८ १०:३०
प्रतिक्रिया दिनुहोस्