देश
काठमाडौं । काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको हो । तर यसअघि जारी प्रावधानमा फेरबदल भएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर छाटाे दुरीका सार्वजनिक सवारीसाधन चल्नेछन् भने अन्य ताेकिएका क्रियाकलाप पनि सञ्चालन हुनेछन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्राईले पुरानै नियम जारी राखेको जानकारी दिए । उनले बाह्रखरीसँग भने, ‘‘मोडालिटी फेरबदल भएको छैन । बाहिरबाट आउने सवारी साधनको हकमा सीडीओसँग समन्वय गरेर आउन पाउने छन् ।”
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८ १६:०८
प्रतिक्रिया दिनुहोस्