site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैतडीमा साउन १५ सम्म लम्ब्याइयो निषेधाज्ञा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले गएको वैशाख २० गतेदेखि लागु गरेको निषेधाज्ञा आउँदो साउन १५ गतेसम्मका लागि थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । कोरोनाभाइरस संक्रमित थपिँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । अहिलेसम्म संक्रमितको संख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

निषेधाज्ञालाई केही खुकुलो पार्दै जिल्लाभित्र सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालनमा आउन दिने निर्णय भएको छ । सार्वजनिक सवारी तथा निजी भाडाका गाडीमा सिट क्षमताको आधारमा यात्रु बोक्न पाइनेछ । यसअघि, आधा सिट क्षमतामा मात्रै जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय भएकोमा साउन १ गतेदेखि पूर्ण सिट क्षमतामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउनेछन् ।

यस्तै, रोजगारीका लागि भारत जाने नागरिकको सम्बन्धित स्थानीय तहले एन्टिजेन परीक्षण व्यवस्था मिलाउनुपर्ने निर्णयसमेत भएको छ । सबै कार्यालयको सार्वजनिक सेवा नियमित रुपमा प्रवाह हुनेछन् भने सबै प्रकारका पसल बिहान ७ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् ।

Royal Enfield Island Ad

विवाह व्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा २५ जनासम्म उपस्थित हुने र जनस्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइनेछ । यस्तै, मेला, महोत्सव, सम्मेलन र खेलकुद गतिविधिमा भने रोक लगाइएको छ । कोरोनाभाइरसको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा पहिलोपटक वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

भारतसँग सीमा जोडिएको बैतडीमा कोरोनाभाइरस संक्रमणका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro