site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल राष्ट्र बैंककाे मोबाइल एप सञ्चालनमा
SkywellSkywell

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एप सञ्चालनमा ल्याएको छ । बुधबार नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ ।

आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले मोबाइल एपको शुभारम्भ गरिन् । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्क लगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न राष्ट्र बैंकले जनाएको छ ।

Dabur Nepal
NIC Asia

मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।

उक्त एप हाल ‘बेटा भर्सन’ मा उपलब्ध रहेको र प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लैजाने बैंकले जनाएको छ । तत्कालको लागि मोबाइल एप एन्ड्रोइड अपरेटिब सिस्टम रहेको मोबाइलमा उपलब्ध हुने र उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिब सिस्टममा समेत विस्तार राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ ।

गुगल प्लेस्टोरमा गएर उक्त एप डाउन्लोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  २२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro