site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नारायणगढ–बुटवलखण्ड पूर्ण रूपमा सञ्चालनमा 
तस्बिर : टेकराज पोखरेल/रासस ।
Siddhartha BankSiddhartha Bank

नवलपुर । बाढीका कारण कावासोतीमा सडक भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवलखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा तीन दिनअघि सडक भासिएपछि डाइभर्सन गरेर साना सवारीसाधनलाई मात्रै आवतजावत गराइँदै आएकामा सडक मर्मत गरेर आज देखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कावासोतीमा भासिएको सडक मर्मत गरी आज दिउँसोबाट पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले डिभिजन सडक कार्यालय तथा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको सक्रियतामा भासिएको स्थानमा मर्मतपछि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

बिहीबार आएको बाढीले कावासोतीमा ह्युमपाइप बगाएर सडक भासिएपछि निर्माण गरिएको डाइभर्सनबाट साना सवारीसाधन एकतर्फी मात्रै सञ्चालनमा ल्याइएको थियो ।

Global Ime bank

बिहीबार बिहान ८ बजेट अवरुद्ध भएको सडक डाइभर्सनपछि शुक्रबार साँझदेखि एकतर्फी सञ्चालन हुँदै आएको थियो । आज दिउँसो मर्मतपछि सडक पूर्ण रूपमा दुईतर्फी नै सञ्चालनमा आएको भन्दै गिरीले सडकमा लामबद्ध ठूला सवारीसाधनको लाइनसमेत घटेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २६, २०७८  २३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय