site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ट्रयाक्टरमा प्रयोग हुने शेर्पा ब्रान्डको टायर बजारमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । निजी लगानीमा खुलेको टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर बजारमा ल्याएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको टायरको नाम सारथी राखिएको छ ।

रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर भएको कम्पनीले जनाएको छ । नेपालको कठिन सडक तथा भौगोलिक संरचनाको हिसाबले तयार गरिएकोले सो टायर नेपाली माटो तथा बाटोलाई सुहाउने कम्पनीको दावी छ ।

Agni Group
NIC Asia

सो टायरमा ताप प्रतिरोधी क्षमता रहेको छ भने पन्चर सुरक्षाको लागि थ्रेडको बीचमा अतिरिक्त रबर प्रयोग गरिएको छ । कुल २० वटा गोटी रहेको र हाई एनएसडी सहित उत्कृष्ट ट्रयाक्सनयुक्त टायर भएकोले यसले राम्रो उत्पादकत्व दिनेमा कम्पनी विश्वस्त रहेको बताएको छ ।

हाल यो टायर १३.६–२८ को साइजमा बजारमा उपलब्ध छ । आगामी केही दिनमा अन्य साइजका एग्रिकल्चर टायर समेत बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले बताएको छ ।

Global Ime bank

तीन वर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ । हाल कम्पनीले प्रतिवर्ष २.५ लाख थान टायर उत्पादन गरिरहेको जनाएको छ । आगामी वर्ष देखि ५ लाख थान टायर उत्पादन हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय