काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले पहिलो्पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ मेसिन बजारमा ल्याएको छ ।
यो प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड वासिङ मेसिनमाइको बब्बल प्रविधिको संयोजन गरिएको छ । यसले कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
गुणस्तरीय धुलाइको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको र यसले ९९.९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरु हटाउन सक्ने कम्पनीले जनाएको छ ।
सामसङले कस्टोमाइज गरिएको आर्टिफिसियल इन्टेलिसेन्जयुक्त लुगा धुने मेसिनहरु तीन विभिन्न भेरियन्टहरुमा उपलब्ध गरेको कम्पनीले जनाएको छ ।
नयाँ सामसङ वासिङ मेसिन नयाँ डिजाइनको साथ जग डायल कन्ट्रोलयुक्त युजर फ्रेन्ड्ली स्लीक डिजिटल इन्टरफेसको साथ उपलब्ध रहेको जनाइएको छ ।
“महामारीको यो अवस्थामा स्मार्ट होम अप्लाइन्सहरुको माध्यमबाट ग्राहकवर्गहरुलाई प्रमुखताका साथ थप सहजताप्रदान गरी जीवनस्तरलाई उकास्नेछ । हाम्रा सम्पूर्ण एआई इनेबल्ड वासिङ मेसिनहरुमा नवीनतम प्रविधिहरुको प्रयोग गरिएको यसमा मल्टि लिङ्ल्वलयुजर इन्टरफेस तथा सहज, प्रभावकारी तथा व्यक्तिगत लन्ड्री सोलुसन प्रदान गर्दछ । यसमा विभिन्न कपडाहरुको लागि निर्धारण गरिएका २००० वास कम्बिनेसन तथा २.८ मिलियनको बृहत् डाटा एनालिसिस प्वाइन्टहरु रहेका छन्, जसले गर्दा सहज धुलाइको साथै विभिन्न स्मार्ट उपकरणहरुमार्फत सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ,” सामसङ नेपालका कस्टोमर इलेक्ट्रोनिक्स बिजिनेस डेपुटी जनरल म्यानेजर आलोककुमार गुप्ताले भने ।
यी वासिङ मेसिनको स्थानीय बजार मूल्य एक लाख १० हजार रुपैयाँदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ एआई इनेबल्ड वासिङ मेसिनहरु ८/६ केजी र १२/८ केजी को वासर ड्रायरको साथै १२ केजी वासर टाइप वासिङ मेसिनको भेरियन्टहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नयाँ वासिङ मेसिन नेपाल अधिराज्यभर रहेका हिम इलेक्ट्रोनिक्सअन्तर्गत रहेका सामसङ स्मार्ट प्लाजामार्फत १५ प्रतिशतसम्मको क्यासब्याक तथा सहज किस्ताबन्दीमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।